५ कार्तिक २०८३, बिहिबार

नयाँ घर बनाउँदै हुनुहुन्छ, यि कुराहरुमा ध्यान राख्नुस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamapa-house
फाइल फोटो

काठमाडौँ, १ जेठ । भूगर्भविज्ञले गत वैशाख १२, १३ र २९ गतेको शक्तिशाली भूकम्प र पराकम्पनबाट क्षति भएका भौतिक पूर्वाधारको पुनःनिर्माणअघि भवन तथा पूर्वाधार आचारसंहिता लागू गर्न सुझाव दिएका छन् ।

“अब नयाँ बन्ने भवन तथा पूर्वाधारको जग कसरी बनाउने भन्नेबारेमा विस्तृत अध्ययन हुनु आवश्यक छ, अनि मात्र पुनःनिर्माण सुरु गराउँदा राम्रो हुन्छ” भूकम्प तथा अन्य प्राकृतिक प्रकोप हुँदा तत्काल अनुसन्धान गर्ने अमेरिकी संस्था जिरले भनेको छ ।

संस्थाका टोलीले भूकम्प पराकम्पनबारे फरक फरक स्थलमा गरेको अध्यययनपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भूकम्प प्रभावित क्षेत्र जमिन चिराचिरा परेकाले वर्षात्मा पहिरो जान सक्ने भएकाले यसका बारेमा अध्ययन गर्न जरुरी रहेको सुझाव सरकारलाई दिइएको छ । वर्षात्मा हुने क्षति कम गर्ने उपायका बारेमा समयमै सावधानी अपनाउन पनि संस्थाले भनेको छ ।

संस्थाका तर्फबाट प्रा विनोद तिवारी र प्रा स्कट केफिरको समूहले भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक, पोखरा, हेटौँडा, काठमाडौँ, बर्दिवास, कोदारी राजमार्ग, लामोसाँघु, जिरीलगायत स्थलमा प्रारम्भिक अध्ययन गरेको थियो । सो समूहमा त्रिविवि इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक तथा नास्टका वैज्ञानिकको पनि सहभागिता थियो ।

पत्रकार सम्मेलनमा प्राध्यापकद्वय तिवारी र केफिरले संयुक्त रुपमा भन्नुभयो, “विनाशकारी भूकम्पले सोचेभन्दा बढी जनधनको क्षति पु¥यायो, यसका बारेमा हरेक कोणबाट विस्तृत र सुक्ष्म अध्ययन हुनु जरुरी छ । ” उहाँहरुले काठमाडौँको भूबनोट हेर्दा उपत्यकामा भएको कम्पन सोचेभन्दा धेरै कम छ तर जनधनको क्षति बढी छ भन्नुभयो ।

सडकमार्ग, विद्युत्का बाँध तथा सुरुङको निर्माण गुणस्तर राम्रो भएकाले कम क्षति पु¥याएको बताइएको छ । “भूबनोटका आधार माटो, ढुङ्गा र चट्टानअनुसार भूकम्पको प्रभाव पनि त्यही रुपमा भएको देखिन्छ”– उहाँहरुले भन्नुभयो ।

उपत्यकाका चर्किएका घरमा बस्न हुन्छ कि हुँदैन भन्ने प्रश्नमा प्रा तिवारीले नक्साअनुरुपको छ कि छैन, जमिनको भूबनोट कस्तो छ, घर बनाउँदा प्रयोग भएका निर्माण सामग्री कस्तो छ जस्ता कुरामा घरधनीले सर्वप्रथम पुनः एक पटक जानकारी लिनुपर्छ र इन्जिनियरलाई निरीक्षण गराउनुपर्छ भन्नुभयो । रासस