काठमाडौं, १ जेठ । भारतको बिहार राज्यमा प्रेम गरेकै कारण एक जोडीले ज्यान गुमाउनुपरेको छ । प्रेमी जोडीलार्इ युवतकीका परिवारजनले नियण्त्रणमा लिएर हत्यापछि जलाइदिएका हुन् ।
बिहारको गयास्थित पुलिसका प्रमुख मनु महाराजले प्राराम्भिक अनुसन्धानबाट प्रेमी जोडीको हत्या गरिएको पाइएको जानकारी दिए । यो घटना बुधवार दिउँसो गया ज़िल्लाको बजिरंग प्रहरी कार्यालय अन्तर्गतको मैठा गाउँमा भएको हो ।
उनका अनुसार एक बिबाहित व्यक्ति जयराम माझी र एक युवतीबीच प्रेम बसेको थियो । युवतीका परिवारजनले पहिले दुबैजनालार्इ कुटीकुटी हत्या गरेपछि दुबैजनालार्इ एकै ठाउँ राखेर जलाइदिएका हुन ।

पञ्चायको बैठकमा दुबै प्रेमी जोडीले घटनाबारे आफूलार्इ जोगाउने प्रयास गरेका थिए । तर महिलाका परिवारजनले नमानेपछि गाउँले नै मिलेर दुबै जनालार्इ कुटीकुटी हत्या गरेका हुन् ।
पुलिसका प्रमुख मनु महाराजले पुलिसले शवको अवशेष बरामद गरेर डिएनए परीक्षणका लागि अस्पताल पठाइएको जानकारी दिए । मारिएका युवा जयराम माझी सोही गाउँकै जुवाइँ थिए । उनको आफ्नै सालाका छोरीसँग प्रेम भएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।















प्रतिक्रिया