काठमाडौं, १ जेठ । एमालेले भूकम्प प्रभावित जिल्लाका गाउँमा स्वयंसेवक टोली परिचालन गर्ने भएको छ ।
वर्षातअघि अस्थायी घर-टहरा निर्माण गरी व्यवस्थित बसोबासका लागि सहयोग पुर्याउन टोली खटाउन लागेको हो ।
एमाले अध्यक्ष केपी ओलीले टोलिको आचारसंहिता तयार गरी तत्काल गाउँ पठाउन पार्टीको महाभूकम्पपीडित राहत तथा उद्धार समितिलाई निर्देशन दिएको कान्तिपुर दैनिकले छापेको छ ।
यसअघि युवा संघ, अनेरास्ववियू लगायतका भातृ संगठन आफ्नै सक्रियतामा परिचालित थिए ।
अब पार्टी केन्द्रीय निकायले नै व्यवस्थित रुपमा टोली खटाउन लागेको हो ।
सबै भातृ संगठनसँग समन्वय गरी सचिव गोकर्ण विष्ट प्रमुख रहेको मोर्चा संगठनले टोली निर्माण गर्नेछ ।















प्रतिक्रिया