२ कार्तिक २०८३, सोमबार

भारतबाट आएको त्रिपाल लुकाउने तामाङ हिरासतबाट भागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । शक्तिशाली भूकम्प पीडितलाई बाड्न नेपाल सरकारले भारतबाट किनेर नेपाल ल्याएको त्रिपाल ब्यक्तिको घरमा पुर्‍याएको अभियोगमा पक्राउ परेका आङटासी तामाङ भागेका छन्।

महानगरीय प्रहरी बृत्त बौद्धको हिरासतमा रहेका तामाङ मंगलबार आएको शक्तिशाली पराकम्पनको मौका छोपेर भागेका हुन्।

मंगलबार दिउँसो शक्तिशाली पराकम्पन आएपछि मानवीय क्षति रोक्न प्रहरीले हिरासत कक्षमा रहेका अभियुक्तहरुलाई बाहिर निकालेको नागरिक दैनिकले छापेको छ ।

पहिलो भूकम्पको धक्काबाट बौद्ध बृत्तको भवन धराप बनेको थियो।

भवनको शक्तिशाली पराकम्पन आएपछि हिरासतमा रहेका अभियुक्तलाई सुरक्षित स्थानमा राख्न प्रहरीले ताल्चा खोलिदियो।

भुईँतलामा रहेको हिरासतकक्षको ढोका खुले लगत्तै जोगिन भागदौड भएपछि तामाङ त्यही मौकामा भागे।

भारतस्थित नेपाली दूतावासले किनेर पठाएको ५० लाखको त्रिपाल उनले जोरपाटीमा रहेको एक नीजी गोदाममा पूर्याएका थिए।