२ कार्तिक २०८३, सोमबार

पीडितलाई दुई महिनाभित्र घर बनाइदिने सरकारी योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

20150509_051533काठमाडौं, १ जेठ । राष्ट्रिय योजना आयोगले भूकम्प प्रभावितलाई २ महिनाभित्र घर बनाइदिनुपर्ने योजना सरकारसमक्ष पेश गरेको छ ।

आयोगले प्रारम्भिक पुनरुत्थानका योजना तथा कार्यक्रम नामक दस्तावेज बिहीबार मुख्यसचिव लीलामणी पौडेललाई बुझाएको कान्तिपुर दैनिकले छापेको छ ।

आयोगका सदस्य स्वर्णिम वाग्लेले उक्त दस्तावेजका आधारमा सरकारले छिट्टै योजना सार्वजनिक गर्ने बताए ।

प्रस्तावित योजना अनुसार पहिलो प्राथमिकता अनर्तगत भूकम्प प्रभावितलाई ६ महिनादेखि २ वर्षसम्म टिक्ने घर बनाइदिनुपर्नेछ ।

भत्किएका घरका सामग्री, पुन पैयोग गर्दे नपुग भए नयाँ सामग्री जुटाएर वर्षाअगावै अस्थायी बसोबासको व्यवस्था गर्नुपर्नेछ । घर बनाउन नगदै चाहि दिइने छैन् ।