१५ कार्तिक २०८३, आइतबार

मंगलबारको भूकम्पबाट देशभर भएको क्षतिको विवरण, कहाँ के-के भयो ? (अपडेट)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Ghaite

काठमाडौँ, ३० बैशाख । मंगलबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी छ ।

अहिलेसम्म ६५ जनाको ज्यान गएको पुष्टि भएको छ । दोलखामा सबैभन्दा बढी ३६ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकमा पनि ११ जना भन्दा बढीको ज्यान गएको छ ।

पछिल्लो विवरण यस्तो छः

दोलखामा मात्रै ३६ जनाको मृत्यु

मङ्गलबार गएको शक्तिशाली पराकम्पनपछि दोलखामा मात्रै ३६ जनाको मृत्यु भएको छ भने एकसयभन्दा बढी घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल अधिकारीका अनुसार दोलखामा यसअघि विनाशकारी भूकम्पबाट जोगिएका घरहरु मङ्गलबारको शक्तिशाली पराकम्पनपछि पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

यसैगरी दोलखामा उद्धारका लागि गएको अमेरिकी हेलिकप्टर मङ्गलबार अपराह्नदेखि सुनखानी आसपास क्षेत्रमा सम्पर्कविहीन भएपछि खोजीका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकमा ११ को मृत्यु

यसैगरी पराकम्पनपछि सिन्धुपाल्चोकमा ११ जनाको मृत्यु भएको छ भने एकसयभन्दा बढी गम्भीर घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीका अनुसार जिल्ला सदरमुकामलगायत सबै गाविस प्रभावित भएको र १२ गतेको भूकम्पबाट बचेको घरहरु मङ्गलबारको पराकम्पनपछि क्षतिग्रस्त बनेका छन् ।

जिल्लामा १२ गतेको भूकम्पमा परी तीन हजार २१३ र मङ्गलबार गएको पराकम्पनपछि ११ गरी तीन हजार २२४ जनाको मृत्यु भइसकेको छ ।

रसुवामा भीषण पहिरो

यस्तै मङ्गलबार गएको भीषण पराकम्पनका कारण जिल्लाका विभिन्न स्थानमा ठूला ठूला पहिरो गएका छन् ।

प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराइका अनुसार गोसाइकुण्ड, स्याफ्रुवेसी, हाकु, मैलुङलगायतका स्थानमा ठूला पहिरो गएको भए पनि हालसम्म मानवीय क्षति भएको छैन ।

यसअघि १२ गते आएको भूकम्पमा परी जिल्लामा ५६४ जनाको मृत्यु भएको र रसुवागढी, लाङटाङ, मैलुङलगायत क्षेत्रमा खोजीकार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

अन्य जिल्लाको अबस्था 

काठमाडौं उपत्यकामा ७ जनाको मृत्यु

सिन्धुलीमा ३ जना

रामेछाप २
सुनसरीमा १
धनुषा १
रौतहट १
गोरखा १
सर्लाही १

काठमाडौँ :

बालाजुमा पाँच तले घरले किचेर एक जनाको मृत्यु ।

टेकुमा पर्खाल भत्किएर ११ बर्षीया बालिका जुनी जैसवाल र सुन्दरीजलमा एक बृद्धाको मृत्यु ।

नयाँबजार टाउन प्लान निवासी ७८ वर्षीया नरमाया घलेको भूकम्पपछि हृदयघात भएर मृत्यु ।

नयाँबजार ४ तले घर ध्वस्त, उक्त घरले मोटरसाइकलमा सवार एक व्यक्ति र केही बटुवाहरुलाई पुरेको स्थानीयको अनुमान ।

सामाखुशीमा एक बालक पुरिए, उद्धार प्रयास जारी ।

ललितपुरको ओमकार पोलिक्लिनिकको ४ तले भवन पूर्ण रुपमा ध्वस्त, ललितपुरमा १०७ घाइते ।

काठमाडौँको गोंगबू क्षेत्रमा फेरि क्षति पुगेको छ । एउटा गेस्ट हाउसमा तीन जना पुरिएको आशंकामा उद्धार कार्य जारी राखिएको छ । गोंगबु क्षेत्रका ५० वटा भन्दा बढी घरमा क्षति पुगेको बताइएको छ ।

भक्तपुरमा ३२ जना भूकम्पमा घाइते ।

रामेछापमा ठूलो पहिरो ।

सिंहदरबारको मुख्य भवनमा थप क्षति ।

विद्यालयहरु थप २ साताका लागि बन्द ।

भूकम्पपछि संसदमा सभासदको भागाभाग ।

सोलुखुम्बुमा मानवीय क्षति छैनः प्रमुख जिल्ला अधिकारी,

भूकम्पछि बन्द भएको विमानस्थल खुल्यो

सुनसरीमा एकको मृत्यु, भागदौडमा तीन घाइते ।

रौतहटमा १ महिलाको मृत्यु, ५ घाइते ।

भूकम्प लगत्तै मन्त्रिपरिषदको बैठक सिंहदरबारमा । मंगलबारको भूकम्पबाट २६ जिल्ला प्रभावित भएको गृहमन्त्री वामदेव गौतमबाट प्रधानमन्त्रीलाई जानकारी । दोलखा र सिन्धुपाल्चोकमा धेरै क्षति ।

प्राकृतिक विपत्ति सामान्य नभएकाले सबैले मिलेर साहस एवं धैर्यताका साथ सामना गर्नुपर्ने प्रधानमन्त्री सुशील कोइरालको भनाइ । पीडितहरुको उद्धारका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालमा उद्धारका लागि तयार रहन आफ्ना अधिकारीहरुलाई निर्देशन ।

अमेरिकी भूगर्भ विभागले ७.४ रेक्टरको भनेपनि ६.८ रेक्टरको भएको नेपालस्थित भूकम्प मापन केन्द्रको भनाइ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा आजको भूकम्पमा परेर घाइते भएका ५७ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि अस्पताल बाहिर खुला चौरमा शिविर खडा गरिएको छ ।

काभ्रे – आजको भूकम्पमा परेर यस जिल्लाका विभिन्न भागबाट ल्याइएका घाइतेमध्ये २७ जना धुलिखेल अस्पताल र बाँकीको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुर – भूकम्पबाट मध्यपुर थिमी नगरपालिका वडा नं ७ स्थित जितबहादुर चित्रकारको घर भत्किँदा पुरानो थिमी जाने सडक अवरुद्ध हुनुका साथै त्यस क्षेत्रमा धेरै घरहरु चर्किएका छन् ।

सुनसरी – यस जिल्लामा आज भूकम्पबाट रामधुनी भासी नपा–५ का ६५ वर्षीया देवी कुमारी राईको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन्

स्याङ्जा- वालिङबाट पोखरा जाँदै गरेको ट्याक्सीमा पुतलीबजार नगरपालिका ७ भालु पहाडको भीरबाट ढुँगा खसेर लागेपछि दुईजना गम्भीर घाइते । घाइते हुनेहरुमा वालिङ नगरपालिका-८ बस्ने बर्ष ३६ का ख्यामप्रसाद काफ्ले र बर्ष २३ की अनु गिरी ।

लमजुङ- भूकम्पको कम्पनले घर ढल्दा सुन्दरवजार नगरपालिका वडा न १ मा विद्युत सर्ट भएर एक घर ध्वस्त । भागदौडका संस्कृति सदन अर्चलेनीमा एक विद्यार्थीको हात भाँचियो । बेसीशहरमा एउटा घर भत्कियो ।

सिन्धुलीको मझुवामा ढुंगा खसेर स्थानीय इश्वरी खतिवडाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको जाति गाविस वडा नम्बर-३ चित्रे बजार नजिक मध्यभोटेकोशी साइट नम्बर १२ मा ३ जना चिनियाँ मुलका नागरिक पुरिएको आशंका छ ।

संसदमा भागदौड

व्यवस्थापिका संसदको बैठक चल्दै गर्दा शक्तिशाली भूकम्प गएपछि संविधानसभामा भागदौड । भागदौड मच्चिएपछि आज १ बजेसम्मको लागि बैठक स्थगित ।

धक्का बंगलादेशसम्म

मंगलबार गएको ६.८ रेक्टर स्केल को भूकम्पको असर चीनदेखि भारतमा पनि । भारतको उत्तरी र पूर्वी भागमा असर । यसको धक्का बंगलादेशसम्म पुगेको थियो । भारतको विहारमा भूकम्पमा परी १० जनाको मृत्यु ।