१५ कार्तिक २०८३, आइतबार

काठमाडौँलाई नै केन्द्रबिन्दु बनाएर भूकम्प, कहाँ-कहाँ भए केन्द्रबिन्दु ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampa

काठमाडौँ, ३० वैशाख । काठमाडौँ जिल्लालाई नै केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

उपत्यका आसपासका जिल्लामा केन्द्रबिन्दु बनाएर गइरहेको भूकम्पको पराकम्पन आज बिहानदेखि काठमाडौँ आसपासलाई केन्द्रबिन्दु बनाएर गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति २ बजेर ७ मिनेट जाँदा काठमाडौँ आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको पराकम्पन गएको छ ।

गएरातिनै ३ बजेर १० मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.९ र ४ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यही वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उपत्यका नजिकका जिल्ला धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, भक्तपुर केन्द्रबिन्दु बनाएर चार रिक्टर स्केलमाथिका दजैनौँ पराकम्पन गएका थिए ।

विनाशकारी भूकम्पका पराकम्पन क्रमिकरुपमा कम भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको भएपनि मङ्गलबार दिउँसो गएको ६.८ रिक्टर स्केलको पराकम्पनपछि उपत्यकाको जनजीवन प्रभावित बनेको थियो ।