१५ कार्तिक २०८३, आइतबार

दोलखा गएको अमेरिकी हेलिकप्टर सम्पर्कविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Operice-helicopter-america-2

काठमाडौँ, ३० वैशाख । भूकम्प प्रभावित क्षेत्रका उद्धारका लागि मङ्गलबार अपराह्न दोलखा गएको अमेरिकी हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

राहत तथा उद्धारका सामग्रीसहित मङ्गलबार अपराह्न दोलखाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सो अत्याधुनिक अमेरिकी हेलिकप्टर आज बिहानसम्म सम्पर्कमा नआएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।

सम्पर्कविहीन रहेको सो हेलिकप्टर दोलखाको सुनखानी क्षेत्रमा आपत्कालीन अवतरण गरेको हुनसक्ने आशङ्कामा खोजीका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको छ । रासस