१५ कार्तिक २०८३, आइतबार

दोलखामा ज्यान गुमाउनेको संख्या १६ पुग्यो (नामावलीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolakha-Sharmila-Tamag
दोलखामा घर भत्किएर पुरिएकी पाँच बर्षिया बालिकालाई काठमाडौँमा उपचार गरिदैँ

दोलखा, २९ वैशाख । मंगलबार गएको भूकम्पबाट दोलखामा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । सदरमुकाम चरिकोटमा मात्र आठ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काटाकुटी गाविसका दुई वर्षीया जेनिशा खड्का, भीमेश्वर नगरपालिका–१ का १० वर्षीय नवीन राउत, लाँकुरी गाविसका पेमाडोल्मा शेर्पा, भीमेश्वर नगरपालिका–५ का चित्रप्रसाद चौलागाईं र सोही वडाका जानकी चौलागाईं, भीमेश्वर नगरपालिका–४ का रुपा तामाङ र सोही वडाका ८१ वर्षीय मैते विक तथा भीमेश्वर नगरपालिका–९ का ३८ वर्षीया सिर्जना थापा रहेका छन् ।

गम्भीर घाइते आठ जनालाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौँ लगिएको बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिनुभयो । सदरमुकाम चरीकोटका २५ भन्दा बढी पक्की घर भत्किएको उहाँले बताउनुभयो ।