काठमाडौँ, २९ बैशाख । मंगलबारको शक्तिशाली भूकम्पबाट भएको जनधनको क्षतिको विवरण आउने क्रम जारी छ ।
अहिलेसम्मको विवरण यस्तो छ:
देशभर ज्यान गुमाउनेको संख्या ६० भन्दा बढी ।
दोलखामा ३४ जनाको मृत्यु, ३१ जनाको सनाखत
सिन्धुपाल्चोकमा ९
काठमाडौं उपत्यकामा ७ जना
सिन्धुलीमा २ जना
रामेछाप २
सुनसरीमा १
धनुषा १
रौतहट १
गोरखा १
सर्लाही १
काठमाडौँ :
बालाजुमा पाँच तले घरले किचेर एक जनाको मृत्यु ।
टेकुमा पर्खाल भत्किएर ११ बर्षीया बालिका जुनी जैसवाल र सुन्दरीजलमा एक बृद्धाको मृत्यु ।
नयाँबजार टाउन प्लान निवासी ७८ वर्षीया नरमाया घलेको भूकम्पपछि हृदयघात भएर मृत्यु ।
नयाँबजार ४ तले घर ध्वस्त, उक्त घरले मोटरसाइकलमा सवार एक व्यक्ति र केही बटुवाहरुलाई पुरेको स्थानीयको अनुमान ।
सामाखुशीमा एक बालक पुरिए, उद्धार प्रयास जारी ।
ललितपुरको ओमकार पोलिक्लिनिकको ४ तले भवन पूर्ण रुपमा ध्वस्त, ललितपुरमा १०७ घाइते ।
काठमाडौँको गोंगबू क्षेत्रमा फेरि क्षति पुगेको छ । एउटा गेस्ट हाउसमा तीन जना पुरिएको आशंकामा उद्धार कार्य जारी राखिएको छ । गोंगबु क्षेत्रका ५० वटा भन्दा बढी घरमा क्षति पुगेको बताइएको छ ।
भक्तपुरमा ३२ जना भूकम्पमा घाइते ।
रामेछापमा ठूलो पहिरो ।
सिंहदरबारको मुख्य भवनमा थप क्षति ।
विद्यालयहरु थप २ साताका लागि बन्द ।
भूकम्पपछि संसदमा सभासदको भागाभाग ।
सोलुखुम्बुमा मानवीय क्षति छैनः प्रमुख जिल्ला अधिकारी,
भूकम्पछि बन्द भएको विमानस्थल खुल्यो
सुनसरीमा एकको मृत्यु, भागदौडमा तीन घाइते ।
रौतहटमा १ महिलाको मृत्यु, ५ घाइते ।
भूकम्प लगत्तै मन्त्रिपरिषदको बैठक सिंहदरबारमा । मंगलबारको भूकम्पबाट २६ जिल्ला प्रभावित भएको गृहमन्त्री वामदेव गौतमबाट प्रधानमन्त्रीलाई जानकारी । दोलखा र सिन्धुपाल्चोकमा धेरै क्षति ।
प्राकृतिक विपत्ति सामान्य नभएकाले सबैले मिलेर साहस एवं धैर्यताका साथ सामना गर्नुपर्ने प्रधानमन्त्री सुशील कोइरालको भनाइ । पीडितहरुको उद्धारका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालमा उद्धारका लागि तयार रहन आफ्ना अधिकारीहरुलाई निर्देशन ।
अमेरिकी भूगर्भ विभागले ७.४ रेक्टरको भनेपनि ६.८ रेक्टरको भएको नेपालस्थित भूकम्प मापन केन्द्रको भनाइ ।
त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा आजको भूकम्पमा परेर घाइते भएका ५७ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
घाइतेहरुको उपचारका लागि अस्पताल बाहिर खुला चौरमा शिविर खडा गरिएको छ ।
काभ्रे – आजको भूकम्पमा परेर यस जिल्लाका विभिन्न भागबाट ल्याइएका घाइतेमध्ये २७ जना धुलिखेल अस्पताल र बाँकीको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
भक्तपुर – भूकम्पबाट मध्यपुर थिमी नगरपालिका वडा नं ७ स्थित जितबहादुर चित्रकारको घर भत्किँदा पुरानो थिमी जाने सडक अवरुद्ध हुनुका साथै त्यस क्षेत्रमा धेरै घरहरु चर्किएका छन् ।
सुनसरी – यस जिल्लामा आज भूकम्पबाट रामधुनी भासी नपा–५ का ६५ वर्षीया देवी कुमारी राईको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन्
स्याङ्जा- वालिङबाट पोखरा जाँदै गरेको ट्याक्सीमा पुतलीबजार नगरपालिका ७ भालु पहाडको भीरबाट ढुँगा खसेर लागेपछि दुईजना गम्भीर घाइते । घाइते हुनेहरुमा वालिङ नगरपालिका-८ बस्ने बर्ष ३६ का ख्यामप्रसाद काफ्ले र बर्ष २३ की अनु गिरी ।
लमजुङ- भूकम्पको कम्पनले घर ढल्दा सुन्दरवजार नगरपालिका वडा न १ मा विद्युत सर्ट भएर एक घर ध्वस्त । भागदौडका संस्कृति सदन अर्चलेनीमा एक विद्यार्थीको हात भाँचियो । बेसीशहरमा एउटा घर भत्कियो ।
सिन्धुलीको मझुवामा ढुंगा खसेर स्थानीय इश्वरी खतिवडाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको जाति गाविस वडा नम्बर-३ चित्रे बजार नजिक मध्यभोटेकोशी साइट नम्बर १२ मा ३ जना चिनियाँ मुलका नागरिक पुरिएको आशंका छ ।
संसदमा भागदौड
व्यवस्थापिका संसदको आजको बैठक चल्दै गर्दा शक्तिशाली भूकम्प गएपछि संविधानसभामा भागदौड । भागदौड मच्चिएपछि भोलि १ बजेसम्मको लागि बैठक स्थगित ।
धक्का बंगलादेशसम्म
मंगलबार गएको ६.८ रेक्टर स्केल को भूकम्पको असर चीनदेखि भारतमा पनि । भारतको उत्तरी र पूर्वी भागमा असर । यसको धक्का बंगलादेशसम्म पुगेको थियो ।
भारतको विहारमा आजको भूकम्पमा परी १० जनाको मृत्यु ।













प्रतिक्रिया