१५ कार्तिक २०८३, आइतबार

भूकम्प अपडेटः चार जनाको ज्यान गयो, दोलखामा श्रीमान श्रीमतीकै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Earthquake

काठमाडौँ, २९ बैशाख । आजको भूकम्पबाट ज्यान जानेको संख्या चार पुगेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ को जिलुमा २ जनाको ज्यान गएको छ । उनीहरु श्रीमान र श्रीमती भएको बताइएको छ । दोलखा सदरमुकाम चरिकोट बजारमा चार वटा घर ढलेका छन् । पत्रकार राजेन्द्र मानन्धरको सदरमुकाम चरिकोटस्थित घर ढलेको छ । पराकम्पन जारी रहेका कारण चरिकोट बजारमा छिर्न सक्ने अवस्था नरहेको पत्रकार चीरन्जीवि मास्केले जनाएका छन् । दोलखामा बाँकी रहेका २५ प्रतिशत घर पनि आजको भूकम्पले गर्दा ढलेको छ ।

यसैगरी, काठमाडौँको टेकुमा पर्खाल भत्किएर एकजनाको बच्चाको ज्यान गएको छ ।

सर्लाहीको हरिवनमा ५० बर्षीय सुकमाया मगरको भूकम्पमा परी ज्यान गएको छ । उनका १८ बर्षीय छोरा घाइते भएका छन् ।

काठमाडौँको माछापाखेरीमा दुई वटा घर ढलेका छन् । काठमाडौँमा प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

त्रिभुवन बिमानस्थल पनि बन्द भएको प्रारम्भिक खबर छ ।

यो पनि पढ्नुहोस् :
अपडेटः भूकम्पले राजधानीमा एक जनाको ज्यान लियो, कहाँ-कहाँ क्षति भयो ?