१५ कार्तिक २०८३, आइतबार

अपडेटः भूकम्पले राजधानीमा एक जनाको ज्यान लियो, कहाँ-कहाँ क्षति भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Earthquake

काठमाडौँ, २९ बैशाख । आज गएको शक्तिशाली भूकम्पले देशका विभिन्न ठाउँमा धनजनको क्षति भएको छ ।

काठमाडौँको टेकुमा पर्खाल भत्किएर एक जनाको ज्यान गएको छ भने काठमाडौँकै माछापोखरीमा २ वटा घर ढलेको बताइएको छ ।

सर्लाहीमा पनि एक जनाको मृत्यु र एक जना घाइते भएको बताइएको छ ।

सिन्धुपाल्चोकमा अनगिन्ती पहिरो गएको छ । सिन्धुपाल्चोक, काठमाडौं र दोलखा बढी प्रभावित भएको छ । अघिल्लो महाभुकम्पबाट चर्किएका धेरै घरहरु लडेका छन् । जनजीबन अस्तब्यस्त बनेको छ । पराकम्पनहरु निरन्तर आइरहेको अबस्था छ ।

यसैगरी, दोलखा जिल्लामा २५ प्रतिशत घर ढलेको पत्रकार शरद सापकोटाले जनाएका छन् । दोलखाका पत्रकार राजेन्द्र मानन्धरको घर ढलेको छ ।

आज दिउँसो १२ बजेर ५४ मिनेटमा भूकम्प गएको हो । सुरुमा ७ दशमलव १ रेक्टर भनिएपनि ७.४ रेक्टरको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु दोलखाको सुनखानी भएको बताइएको छ ।

पहिलो ठूलो धक्का लगत्तै चार पटकसम्म लगातार भूकम्पको धक्का महसुस गरिएको छ । ठूलो भूकम्पछि ५.६, ५.५ र ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । आजको भूकम्पको धक्का देशभर महसुस महसुस गरिएको थियो । भूकम्पबाट कति क्षति भयो थप विवरण आउन बाँकी छ ।