काठमाडौँ, २९ बैशाख । नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ ।
मंगलबार १२ बजेर ५४ मिनेट जाँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको ठूलै धक्का महसुस भएको हो । सुरुमा ७ दशमलव १ रेक्टर भनिएपनि ७.४ रेक्टरको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु दोलखाको सुनखानी भएको बताइएको छ । बैशाख १२ गते गएपछि पछिको सबैभन्दा ठूलो धक्का हो । बैशाख १२ गते ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो ।
काठमाडौँका बासिन्दा यतिबेला सडकमा छन् । भूकम्प आएपछि घर तथा कार्यालयहरुमा भागाभाग भएको छ ।
चितवन, डोटी र जाजरकोटमा समेत धक्का महसुस भएका हाम्रा सहकर्मीहरुले बताएका छन् । विस्तृत वितरण आउन बाँकी छ ।
अपडेट:
काठमाडौँको आकाशमा हेलिकप्टर उडिरहेको छ । पहिलो भूकम्प गएको १५ मिनेटपछि फेरि अर्को भूकम्पको सानो धक्का महसुस गरिएको छ ।
यो पनि पढ्नुहोस्:
अपडेटः भूकम्पले राजधानीमा एक जनाको ज्यान लियो, कहाँ-कहाँ क्षति भयो ?













प्रतिक्रिया