भीमदत्तनगर, २९ वैशाख । श्रीमान्ले भिरबाट हाम फालेर आत्महत्या गरेको खबर सुनेकी श्रीमतीले पनि केही घन्टा नबित्दै बैतडीको चौलानी नदीमा हाम फालेर आत्महत्या गरेकी छन् ।
बैतडीको रुद्रेश्वर गाविस–४ का गोपाल नाथले स्थानीय घर नजिकैको भिरबाट आइतबार हाम फालेर आत्महत्या गरेका थिए । उनकी पत्नी जानकारी नाथले श्रीमान्को मृत्युको खबरले चौलानी नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरी चौकी गोकुलेश्वरका प्रहरी हवल्दार कृष्णसिंह नाथले बताउनुभयो ।
“श्रीमान् मानसिक रोगी जस्तै थिए भन्ने गाउँलेको भनाइ छ,” प्रहरी हवल्दार धामीले भन्नुभयो, “माइतबाट फर्किएका गोपालले भिरबाट हाम फालेछन् ।” अहिले गाउँबाट शव ल्याई दार्चुलाको गोकुलेश्वर अस्पतालमा शव परीक्षण गराउने काममा प्रहरी जुटेको छ । मृतक दुवै जनाको शव लिन प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक भीमबहादुर मल्ल घटनास्थल पुग्नुभएको छ । रासस















प्रतिक्रिया