काठमाडौं, २९ वैशाख । शिक्षा मन्त्रालयले पूर्व निर्धारित जेठ १ देखि नै विद्यालय खुल्ने जनाएको छ ।
मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दोहोर्याएको हो ।
‘जेठ १ गते विद्यालयहरूले पाठ्यक्रम, पाठ्यपुस्तकमा सोझै प्रवेश गर्नुभन्दा पहिले विद्यार्थीहरूमा व्याप्त सम्भावित डरत्रास हटाउन थाल्नुपर्छ,’ सहसचिव हरिप्रसाद लम्सालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘र जीवन सामान्यीकरण गर्न
उनीहरूलाई पर्याप्त मनोपरामर्श, अतिरिक्त क्रियाकलाप, खेलकुद, बालगीत, संगीत तथा विभिन्न अन्तरक्र्रियात्मक क्रियाकलापहरूमा संलग्न गर्ने, गराउने र अभिलेख व्यवस्थाका कार्यहरू गर्ने हो ।’
मन्त्रालयले भूकम्पबाट प्रभावित विद्यालयहरूको भवन संरचना प्राविधिकबाट जाँच गराएर प्रयोग उपयुक्त भएको सिफारिस भएमा मात्र साविकको भवन तथा कक्षाकोठाहरूको प्रयोग गर्न भनेको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया