५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितको त्रिपाल लुट्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rahat-ki-nepalमेलम्ची (सिन्धुपाञ्चोक), २८ वैशाख । सिन्धुपाल्चोकमा भूकम्पपीडितका लागि लैजाँदै गरेका त्रिपाल लुट्ने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुञ्चोक गाविस–२ का रुपक मल्ल ठकुरी छन् । ‘सेभ द चिल्ड्रेन’ले उपलब्ध गराएको त्रिपाल सदरमुकाम चौताराबाट मेलम्ची लैजाने क्रममा ठकुरीसहितको समूहले भेडीचौरबाट लुटेको हो ।

ठकुरीलाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । चोरीमा संलग्न तीन जनाको खोजी भइरहेको प्रहरी निरीक्षक प्रल्हाद अधिकारीले बताउनुभयो । रासस