काठमाडौं, २८ वैशाख । काठमाडौंमा सोमबार राति ठूलो हावाहुरीसँगै भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार साँझ ८ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
अब भूकम्प आउने क्रम कम भइरहेकाले सर्वसाधारणलाई नआत्तिन समेत उहाँले आग्रह गर्नुभयो । भूकम्पसँगै काठमाडौंमा ठुलो हावाहुरी चलेको थियो । हावाहुरीले केही घरमा क्षति समेत भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया