५ कार्तिक २०८३, बिहिबार

केपी ओली र प्रचण्डको आकस्मिक भेटवार्ता किन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-with-prachandaकाठमाडौं, २८ वैशाख । राष्ट्रिय सहमतिको चर्चा भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आकस्मिक भेटवार्ता भएको छ ।

सोमबार साँझ काठमाडौंको कोटेश्वरमा भएको भेटवार्तामा राष्ट्रिय सहमतिको सरकार निर्माण, महाभूकम्पपछि सिर्जित अवस्थाका विषयमा गम्भीर छलफल भएको बताइएको छ ।

अध्यक्ष ओली र प्रचण्ड केही दिनअघि प्रधानमन्त्री सुशील कोइरालासँगै भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा पुगेका थिए । पछिल्लो समयमा दलहरुबीच राष्ट्रिय सहमतिको सरकारको बहस तिव्र बनिरहेको छ ।

यसै सेरोफेरोमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । महाभूकम्पपछि माओवादी सरकारमा जान उत्सुक देखिएको छ । सत्तारुढ कांग्रेस र नेकपा एमालेभित्रपनि सहमतिको सरकारका विषयमा चर्चा भइरहेका छन् ।