५ कार्तिक २०८३, बिहिबार

रन वे भत्किएपछि त्रिभुवन विमानस्थल बन्द, एयर अरेबिया र जेट एयरलार्इ डाइभर्ट गरियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tribhuwan_International_Airport
फाइल फोटो

काठमाडौं, २८ वैशाख । नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको दक्षिणतर्फको धावनमार्ग (रन वे) भत्किएको छ ।

भत्किएको धावनमार्ग मर्मतका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टा अवरुद्ध भएको छ । विमानस्थलमा रहेको ट्याक्सी वेको डेढ मिटर लामो पिच उप्किएपछि सोमबार दिउँसो १ बजेर २० मिनेटदेखि सवा दुर्इ बजेसम्म उडान अवरुद्ध भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

धावनमार्ग भत्किएपछि अवतरणका लागि आएका दुई वटा विमानलाई डाइभर्ट गरिएको उहाँले बताउनुभयो । जसमा एयर अरेबिया र जेट एयरका जहाज रहेका छन् ।

विनाशकारी महाभूकम्पपछि राहत तथा उद्धारका लागि छिमेकी तथा अन्य देशबाट आएका ठूला जहाजका कारण विमानस्थलको धावनमार्ग कमजोर भएको जनाइएको छ ।