२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय सरकार बन्ने निश्चित, प्रधानमन्त्री को बन्दै छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-sushil-prachandaकाठमाडौं, २८ वैशाख ।  संसद्मा राष्ट्रिय सरकार गठनबारे विभिन्न कोणबाट सुझाव आएलगत्तै यसबारे अनौपचारिक गृहकार्य सुरु भएको छ। यसले कहिले औपचारिकता लेला स्पष्ट नभए पनि उच्चस्तरीय राजनीतिक नेतृत्व र केही महत्त्वपूर्ण विदेशी कूटनीतिक नियोगले पनि यसबारे चासो लिन थालेका छन्।
सिद्धान्तत: राष्ट्रिय सरकार गठनबारे मुख्‍य दलहरूमा संसद्को बैठक रोकेरै छलफल गर्ने सहमति भए पनि कसको नेतृत्वमा भन्नेमा उनीहरूबीच मत र मन विभाजित छ। प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सरकार गठन प्रस्तावको विरोध नगर्नुका पछाडि उनी आफैंले त्यस्तो सरकार प्रमुखको दाबेदारी प्रस्तुत गर्नु हो।
राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदाय प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारले वैशाख १२ गते आएको महाभूकम्पपछि उत्पन्न राष्ट्रिय विपत्ति सामना गर्न नसक्ने निष्क र्षमा पुगेपछि राष्ट्रिय सरकार गठनको प्रस्ताव अगाडि आएको हो।
प्रधानमन्त्री कोइरालाले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गरेर अगाडि बढ्ने चाहना एमाओवादी नेतृत्वसँग व्यक्त गरेका छन्। तर कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि आन्तरिक र बाह्य वातावरण बनाउँदै लगेका छन्। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि राष्ट्रिय सरकारको प्रधानमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।