काठमाडौं, २८ वैशाख । ‘दुई सातापछि स्कुल खुल्दा सबै साथीहरू आउँछन् नि बाबा,’, युगोत्तम र युगेश्वर कोइराला आफ्नो बुबासँग हाल एउटै प्रश्न गर्छन् ।
काष्ठमण्डप विद्यालय, मन्डिखाटारको कक्षा पाँचमा अध्ययनरत जुम्ल्याहा दाजुभाइको विद्यालय जानुअघि बुबाआमा गएर स्कुल सञ्चालनयोग्य भएरनभएको स्थिति हेर्नुपर्नेसमेत माग छ ।
टेलिभिजनमा घाइते, अनाथ, ध्वस्त घर आदि देख्ने गरका दुवै बालकले आफ्नो पिगी बैंकमा हालसम्म जम्मा भएका २६–२७ हजार रुपैयाँसमेत पीडितहरूको लागि दिन तयार रहेको कान्तिपुर दैनिकले छापेको छ ।
‘यिनीहरू मात्र होइन हामीले भेट्ने अधिकांश बालबालिकाहरू हाल त्रासको स्थितिमा छन्,’ बुबा वरिष्ठ दन्त रोग विशेषज्ञ डा सुशील कोइराला भन्छन्, ‘म मर्छु कि, मेरो अभिभावक मर्छन् कि, हामी कसरी बाँच्ने लगायतका प्रशस्त मानसिक तनाव बालबालिकामा देखिएको छ ।’
‘बालबालिकालाई ६ महिनादेखि दुई तीन वर्षपछि समेत हाल देखिएको लक्षण पुनस् देखिन सक्छ’,त्रिवि शिक्षण अस्पतालका भिजिटिङ बाल मनोचिकित्सक डा अरुणराज कुँवर भन्छन्, ‘उनीहरूलाई भुइँचालो गएजस्तो लाग्ने, सपना आउने, प्लैसबेक, डर लाग्नेजस्ता पोस्ट ट्रमाटिक स्ट्रेस डिज अर्डर देखिन सक्छ ।’
एक तिहाइलाई भविष्यमा यस्ता समस्या पुनस् देखिन सक्ने सम्भावना रहेको विज्ञहरू बताउँछन् ।















प्रतिक्रिया