२ कार्तिक २०८३, सोमबार

चीनका कारण ताइवानलाई सौतेनी व्यवहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । नेपालले एक चीन नीति लिइरहेको भए पनि उपराष्ट्रपति परमानन्द झाले भारतका लागि ताइवानका राजदूत (इकोनोमिक एन्ड कल्चरल रिप्रजेन्टेटिभ) लाई भेट दिएका छन्।

भेटमा ताइवानका नयाँदिल्लीस्थित राजदूत चुङ क्वाङ तियनले ताइवानले नेपालका भूकम्पपीडितलाई विमानबाट राहतसामग्री पठाउन चाहेको तर नेपाल सरकारले अनुमति नदिएको भन्दै आवश्यक पहल पहल गरिदिन उपराष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

नेपालले ताइवानलाई अलग देशको मान्यता दिएको छैन। नेपालले ताइवानलाई चीनकै एक अभिन्न अंग मान्छ।

चीनले पनि ताइवानलाई एक मुलुक दुई व्यवस्था प्रणालीअन्तर्गत आफ्नो अभिन्न अंग मान्दै आएको छ।

ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्रका रूपमा दाबी गर्दै आएको छ।