काठमाडौं, २८ वैशाख । संसदमा राष्ट्रिय सरकार गठनबारे विभिन्न कोणबाट सुझाव आएलगत्तै यसबारे अनौपचारिक गृहकार्य सुरु भएको छ।
यसले कहिले औपचारिकता लेला स्पष्ट नभए पनि उच्चस्तरीय राजनीतिक नेतृत्व र केही महत्त्वपूर्ण विदेशी कूटनीतिक नियोगले पनि यसबारे चासो लिन थालेका छन्।
सिद्धान्ततस् राष्ट्रिय सरकार गठनबारे मुख्य दलहरूमा संसद्को बैठक रोकेरै छलफल गर्ने सहमति भए पनि कसको नेतृत्वमा भन्नेमा उनीहरूबीच मत र मन विभाजित छ।
प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सरकार गठन प्रस्तावको विरोध नगर्नुका पछाडि उनी आफैंले त्यस्तो सरकार प्रमुखको दाबेदारी प्रस्तुत गर्नु हो।
राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदाय प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारले वैशाख १२ गते आएको महाभूकम्पपछि उत्पन्न राष्ट्रिय विपत्ति सामना गर्न नसक्ने निष्कर्षमा पुगेपछि राष्ट्रिय सरकार गठनको प्रस्ताव अगाडि आएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
प्रधानमन्त्री कोइरालाले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गरेर अगाडि बढ्ने चाहना एमाओवादी नेतृत्वसँग व्यक्त गरेका छन्।
तर कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि आन्तरिक र बाह्य वातावरण बनाउँदै लगेका छन्।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि राष्ट्रिय सरकारको प्रधानमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन्















प्रतिक्रिया