पोखरा, २७ वैशाख । पोखरा बाराही चोककी बालकुमारी कुँवरले फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा १० लाख १ हजार १ सय ५ रुपैयाँको बाल कुमारी कुँवर (गीता) एवं धन कुँवर अक्षयकोष स्थापना गरेकी छिन् । पोखरामा आईतबार सम्पन्न एक कार्यक्रमबीच कुँवरले उक्त रकम हस्पिटल सञ्चालक समितिका अध्यक्ष डा. प्रदिप घिमिरेलाई हस्तान्तरण गरेकी हुन् ।
न्यून आय भएका बिरामीहरुलाई सहयोगार्थ उक्त अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषबाट प्राप्त हुने ब्याज मार्पmत बिरामीहरुलाई निःशुल्क औषधी वितरण गरिने जनाईएको छ । फिस्टेलले वार्षिक रुपमा आयोजना गर्ने स्वास्थ्य शिविरमा त्यस्तो निःशुल्क औषधी बिरामीहरुलाई वितरण गरिने छ । हस्पिटलले वार्षिक रुपमा त्यस्ता चार वटा शिविरहरु सञ्चालन गर्दै आएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
अध्यक्ष घिमिरेले बालकुमारीको नाममा स्थापना भएको उक्त रकम गरिबहरुको हितका लागि मात्र खर्च गरिने प्रतिवद्धता जनाए । उनले गरिबहरुको कल्याणका लागि जम्मा गरिएको उक्त अक्षयकोष सरहानीय रहेको बताए ।
वरिष्ठ डाक्टर वसन्त ताम्राकारले हस्पिटलले आप्mनो स्थापनाकाल देखिनै बालकुमारीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । उनले बालकुमारीको उपचार गर्ने क्रममा आईपरेको गाह््रो समयमा पनि उनलाई निको पार्न आपूmहरु सदैव लागिपरेको उल्लेख गरे ।
बालकुमारीका कान्छा छोरा हिक्मत कुँवरले बाँच र बाँच्न देउ भन्ने अभिप्रायले अक्षयकोष स्थाापना गरिएको बताए । उनले गत वैशाख १२ गते आएको भूकम्पमा परी घाईते भएकाहरुको लागि शिघ्र स्वास्थ्यको कामना गर्दै न्यून आय भएकाहरुको उपचारमा सहयोग गर्न सबैसँग आग्रह गरे । कार्यक्रममा कुँवर परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।















प्रतिक्रिया