५ कार्तिक २०८३, बिहिबार

बिहे भोजको पैसा भूकम्पपीडितलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २७ वैशाख । भरतपुर उपमहानगरपालिका–११ मालपोत चोक निवासी डा विपिन खनियाँले आफ्नो विवाह भोजका लागि भनी छुट्ट्याएको रकम भूकम्पपीडितको सहयोगार्थ हस्तान्तरण गर्नुभएको छ ।

चितवनका सहायक जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाँका छोरा विपिनले विवाहको भोजका लागि छुट्ट्याएको रु एक लाख ११ हजार १०१ नेपाल रेडक्रस सोसाइटी चितवन शाखालाई हस्तान्तरण गर्नुभएको हो ।

विवाहमा हुने तडकभडकलाई नियन्त्रण गर्न आवश्यक रहेको र सो खर्च मानव उद्धारका लागि लगाउने इच्छा भएकाले विवाह भोजका लागि छुट्याएको रकम भूकम्पपीडितलाई दिएको विपिनको भनाइ छ ।

रकम बुझ्दै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद न्यौपानेले भूकम्पका कारण देश शोकमा डुबेको समयमा यस्ता सहयोगी हातका कारण जनतालाई सहयोग गर्न सहज हुने बताउनुभयो ।

डा खनियाँको हिजो भरतपुर उपमहानगरपालिका–५ लङ्कु निवासी सन्जु खरेलसँग वैवाहिक कार्यक्रम भएको थियो । रासस