गोरखा, २७ वैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव कुनै राजनीतिक दलका नेतासँग झगडा गर्ने दिमाग नभएकाले संविधान निर्माणको वातावरण बन्दै गएको बताएका छन् ।
विनाशकारी भूकम्प गएपछिको अवस्था बुझ्न आइतवार गोरखा पुगेका प्रचण्डले राहत वितरण, पुनःनिर्माण र संविधान निर्माण कार्यलाई एकैचोटी लैजानु पर्ने बताएका छन् । उनले संविधान निर्माण हुने संकेत देखिएको पनि उल्लेख गरे । दाहालले भने, ‘संविधान निर्माण दोस्रो कुरा हो भनेर छोड्नु हुँदैन । अब झगडा गर्ने दिमाग गयो ।’ उनले तीन दलको प्रस्ताव र अन्य दलको समर्थनमा राष्ट्रिय सङ्कल्प प्रस्ताव पास भइसकेको समेत उल्लेख गरे ।
सरकार र प्रतिपक्ष नभनि सबै दल एकजुट भएर देशलाई नयाँ दिशातर्फ अघि बढाउन अध्यक्ष प्रचण्डले आग्रह गरेका छन् । उनले भने, ‘आफ्नो र अर्को पार्टी नभनी एक भएर अघि बढौँ ।’
उनले राष्ट्रिय सरकार गठन गर्नुपर्ने समेत माग गरेका छन् । राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिनुपर्ने भन्दै दाहालले राष्ट्रिय सरकार गठट गरेर राष्ट्रिय एकताको सन्देश दिनुपर्ने बताए ।




![uf]/vfsf] ca:yf a'emg ljgfzsf/L e"sDkkl5 uf]/vfsf] ca:yf a'emg cfpg'ePsf Pdfcf]afbL cWoIf k'iksdn bfxfn uf]/vf ;b/d'sfddf . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/05/prachanda-gorkha.jpg)








प्रतिक्रिया