ललितपुर, २७ वैशाख । ललितपुरको बाँडेगाउँस्थित सन्त नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रम पनि गत वैशाख १२ गएको विनाशकारी भूकम्पवाट सामान्य क्षति पुर्याएको छ ।
भूकम्पबाट वृद्धाश्रमको तल्लो भवनको माथिल्लो भागबाट केही इँटाहरु खसेका छन् भने बाहिरी भाग परिसरमा रहेका ठाउँहरु चिरा–चिरा परेको छ । यद्यपि क्षतिको मुल्याङ्कन भएको छैन ।
यस्तै मुख्य भवनबाट माथि जाने बाटोको दायाँबायाँ जमिन चिरा परेको देखिएको छ । भूकम्पले आश्रम सुरक्षाका लागि वरिपरि लगाइएका बारसमेत चर्किएको आश्रममा रहनु भएकी अमिता कपालीले बताउनुभयो ।
देशमा दुई पटकसम्म प्रधानमन्त्री बनेर लोकप्रियता कमाएका सन्त नेता भट्टराई निवासमा भूकम्पले पु¥याएको क्षति सम्बन्धमा बुझ्न हालसम्म कोही पनि नआएको कपालीले गुनासो गर्नुभयो । रासस















प्रतिक्रिया