काठमाडौँ, २७ वैशाख । भूकम्पबाट घाइते भएकाहरूको उपचारका लागि इजरायलद्वारा छाउनीस्थित नेपाली सेनाको अस्पताल परिसरमा स्थापना भएको अस्थायी अस्पताल बन्द भएको छ ।
यही वैशाख १५ गतेदेखि सञ्चालन भएको उक्त अस्पतालले काठमाडौँ उपत्यकासहित नुवाकोट, धादिङ,रसुवा , सिन्धुपाल्चोकलगायत जिल्लाबाट उद्धार गरिएका दुई हजार घाइतेको उपचार गरेको थियो ।
विपत्तिमा परेका नेपालीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन इजरायबाट चिसिकत्सक,नर्स तथा अन्य प्राविधिक गरी १२२ तथा खोज र उद्धारका काममा सरिक हुन २२२ जना नेपाल आएका थिए ।
अस्पतालले साधारण स्वास्थ्य परीक्षण, मिर्गाैला, मुटु, बालरोग, स्त्रीरोगलगायत सेवा उपलब्ध गराएको थियो ।
अस्पताल बन्दको घोषणा तथा सञ्चालनमा सघाउनेहरूप्रति आभार प्रकट गर्न आयोजित कार्यक्रममा सहरी विकास मन्त्री डा नारायण खड्का र नेपालका लागि इजरायली राजदूत यरोन मेयरले अस्पताल तथा खोज उद्धारमा सेवा पु¥याएका चिकित्सकप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
मन्त्री डा खड्काले विपद्को घडीमा इजरायली सरकारबाट प्राप्त सहयोगप्रति सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि एकसय राष्ट्रिय र एक हजार ७० वटा अन्तर्राष्ट्रिय टोलीका ७०० चिकित्सक परिचालन भएका छन् । यसरी परिचालन भएका अन्तराष्ट्रिय टोली स्वदेश फर्किनेक्रम पनि सुरु भएको छ । रासस















प्रतिक्रिया