काठमाडौँ, २७ वैशाख । नेपाली काँग्रेस संसदीय दलले भूकम्पप्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारसँग आग्रह गरेको छ । नेपाली काँग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा आज भएको बैठकले भूकम्पप्रभावित क्षेत्रमा त्यस्तो आग्रह गरेको हो ।
उक्त पार्टी संसदीय दलका मुख्य सचेतक चिनकाजी श्रेष्ठका अनुसार बैठकमा बोल्ने अधिकांश नेताले भूकम्पप्रभावित क्षेत्रमा सरकारले तत्काल निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रधानमन्त्री एवम् दलका नेता कोइरालाको ध्यानाकर्षणसमेत गराउनुभएको थियो ।
बैठकमा भूकम्पले पु¥याएको क्षतिको विवरण सङ्कलन तथा पीडितलाई तत्काल बासको व्यवस्था गर्नेतर्फ गम्भीर भएर लाग्न दलका नेताले अनुरोध गर्नुभएको उहाँले जानकारी दिनुभयो । संसदीय दलको बैठक भोलि पुनः बस्ने जानकारी पनि सचेतक श्रेष्ठले दिनुभयो । रासस















प्रतिक्रिया