५ कार्तिक २०८३, बिहिबार

खोलामा नुहाउँन गएकी विमलाको डुबेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), २७ वैशाख । तुलसीपुर नगरपालिका–६ उत्तरकपडादेवीको पानीको सोता (खोल्सा)मा नुहाउन गएकी डुरुवा–१ निवासी ४५ वर्षीया विमला रेग्मीको आज बिहान पानीमा डुबेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले पाँच दिनअगाडि बिहेमा आफ्नो मामाघरमा पुग्नुभएकी रेग्मी नुहाउन त्यहाँ गएको र नुहाउने क्रममा पानीमा लडेर मृत्यु भएको हुन सक्ने आशङ्का गरेको छ । रेग्मी छारे रोगको बिरामी भएको बताइएको छ । रासस