
काठमाडौं, २७ वैशाख । नेपालमा आएको विनाशकारी महाभूकम्पमा परेका पीडितलाई नेपाल स्वतन्त्र स्काउटले राहत वितरण गरेको छ । शनिवार नेपाल स्वतन्त्र स्काउट संगठन र पिस स्काउट फार्सले राजधानीको भूकम्प प्रभावित क्षेत्र साँखुको सुनटोलमा विभिन्न राहत समाग्री बाँडेको हो ।
पिडादायी घटनाले छट्पटाई रहेको मानवीय संवेदना लाई ध्यानमा राखी यथोचित राहत सहयोग पुर्याउन स्काउटले प्रलयकारी महाभूकम्पले ग्रस्त काठमाडौं जिल्लाको साँखुमा राहत सहयोगमा हातेमालो गर्दै नगद सहित राहत सामग्री वितरण गरिएको बिश्व स्वतन्त्र स्काउट महासंघ, एशिया क्षेत्रिय परिषद्का उपाध्यक्ष एवं नेपाल स्वतन्त्र स्काउटका प्रमुख आयुक्त विजेन्द्र रत्न शाक्यले जानकारी दिनुभयो ।
शाक्यकै नेतृत्वमा स्काउटको टोलीले काठमाडौंसँगै उपत्यका बाहिरका भूकम्प प्रभावित क्षेत्रमा पनि राहत वितरण गरिरहेको छ । साथै स्काउटले भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।



















प्रतिक्रिया