– सुदीप अधिकारी
बर्दिया, २७ वैशाख । छोरीलाई अन्माएर घर फर्कदै गर्दा बस दुर्घटनामा परी बाबुसहित अर्का एक जनाको पनि मृत्यु भएको छ ।
नेपालगंजस्थित बागेश्वरी मन्दिरमा छोरीको बिहे सकेर घर फर्कदै गर्दा शनिबार अबेर साझ नेपालगंज–गुलरिया सडकखण्डको लालपुरमा माइती पक्षको भे १ ख १४२८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि बेहुलीका बुबा गुलरिया नगरपालिका वडा नं २ का महेशकुमार उपाध्याय र अर्का षडानन्द पौडेललको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसरा दुर्घटनामा परी १७ जना घाइते भएका थिए । घाइते मध्ये केही उपचारपछि घर फर्केको र ४ जनाको नेपालगंजस्थित मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।















प्रतिक्रिया