२ कार्तिक २०८३, सोमबार

संझदा पनि मुटु सिरिङग हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwa-surungसिन्धुपाल्चोक, २७ वैशाख । मःमः पकाएर खाने भाँडो उनी किलो ठोक्ने ह्याम्मरले हान्दै थिईन् ।

हाक्पा डोल्मा हेल्मो (३१) दुईसाता अघि गएको भुकम्पमा घर भत्किदाँ कुच्चिएको मम पकाउने भाडोँ सोझ्याउँदै थिइन् ।

पुराना जस्ता पाता (टिन)ले बारेर सानो चिटिक्क परेको घर पनि उनको तयार थियो । बाहिरैबाट देखिने गरी कस्मेटिक सामानहरु बिक्रिका लागि राखेकी थिईन् ।

‘आधा सामान त भुईचालोले लगिहल्यो, बचेको ब्यापार गर्न राखेकी’ उनले भनिन् ‘अब अरु केहि अप्रिय घटना नभईञ्जेल त खानु पर्‍यो नि ।’

बिनाशकारी भुकम्पमा उनको पसलको मात्र होइन, घरमा राखिएका थुप्रै सामान टुटे फूटे । उनी भुकम्पको त्रासबाट उठेपछि ति टुटे फूटेका सामान बनाउन जुटेको कान्तिपुर दैनिकले छापेको छ ।

उनले भनिन् ‘बाँचिहालियो, अब जसोतसो खाउँला ।’

उनी भुकम्प गएको दिन र त्यसपछिका केहि दिन सम्झन चाहन्नन् । ‘त्यस्तो कुरा त नसम्झाउनुहोस् बल्ल बल्ल बिर्सिएको छ’ उनले भनिन् ‘संझदा पनि मुटु सिरिङग हुन्छ ।’ भुकम्पबाट डराएका उनका छोरीहरु समेत बल्ल तंग्रिएका छन् ।

सानी छोरी त बिरामी नै भएकी थिइन्, शुक्रबार देखी अलि हाँस्न र खेल्न थालेकी छन् ।