५ कार्तिक २०८३, बिहिबार

सप्तरीमा दुई मोटरसाईकल जुध्दा चारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुमन घिमिरे

सप्तरी, २६ वैशाख । सप्तरी शम्भुनाथ ७ मा आज दिउँसो दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा चार जनाको मृत्यु भएको छ । दिउँसो करिब साढे २ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा ६६ प १०९१ र बिपरित दिशाको को १८ प ८५५७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि इटहरी नगरपालिका १ का १८ वर्षिय सरत मगर, बारा गडहल ५ का २१ वर्षिय बैजु प्रसाद फौज्दार, दोलखा भिमेश्वर नगरपालिका १० का २२ वर्षिय निमा तामाङको मृत्यु भएको । मृतक अर्का एकजनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी गम्भीर घाइते भएका चारै जनाको उपचारका क्रममा लहान अस्पतालमा मृत्यु भएको थियो ।