५ कार्तिक २०८३, बिहिबार

पत्रकार कोइरालामाथि राजधानीको सिँसडोलमा आक्रमण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tilak-koiralaकाठमाडौं, २६ वैशाख । समाचार संकलनका लागि गएका पत्रकारमाथि आक्रमण राजधानीको सिँसडोलमा आक्रमण भएको छ । शनिवार दिउँसो राजधानीको सिसडोलमा समाचार संकलनका लागि गएका इमेज च्यानलका पत्रकार तिलक कोइरालामाथि आक्रमण भएको हो ।

स्थानीय समुहको आक्रमणबाट पत्रकार कोइरालाको दाँत भाँचिएको छ, भने मुखमा चोट लागेर घाइते भएका छन् । प्रहरी र स्थानीयबीच विवाद भइरहँदा फोटो खिच्न त्यहाँ पुगेका पत्रकार कोइरालामाथि २०/२५ जनाको समुहमा रहेका स्थानीयले आक्रमण गरेको प्रहरीले जनाएको छ । ‘प्रहरी कार्यालयमा स्थानीय र प्रहरीबीच विवाद भइरहेका बेला फोटो खिच्दै थिए, एक्कासी पछाडीबाट आक्रमण गरे’ पत्रकार कोइरालाले दैनिक नेपालसँग भने, ‘म पत्रकार हो भन्दा झन् कुट्नुपर्छ भन्दै आक्रमण गरे ।’

सिँसडोल प्रहरीले चोरीको आरोपमा स्थानीय माइक्रो चालक श्यामसुन्दर बलामीलाई पक्राउ गरेर ल्याएको थियो । बलामीलाई छुटाउन गएका स्थानीय र प्रहरीबीच विवाद भइरहेका बेला शनिवार त्यहाँ पुगेका पत्रकार कोइरालामाथि फोटो खिचेको भन्दै स्थानीयको एक समुहले आक्रमण गरेको हो ।

‘प्रहरी कार्यालयमा महिलाहरु प्रहरीसँग चालक छुटाउन जिस्किरहेका थिए । यता म फोटो खिच्दै गर्दा बाहिर जाँडरक्सी खाएका २०/२५ जना पुरुषले फोटो खिच्ने भन्दै कुट्न थाले । समयमै प्रहरीले बचायो नत्र मार्थे ।’ उनले मलिन स्वरमा भने ।

स्थानीयहरुको समुहले आक्रमण गरी उनको झोला क्यामेरा र मोबाइल लुटेर लगेका थिए । प्रहरीको सहयोगमा पछि उक्त सामग्री फिर्ता ल्याइएको थियो ।  ‘पछाडीमा हान्दै मेरो व्याग लुटे, रुख काट्ने आराले हान्न खोज्दै थिए प्रहरी आएर बचायो’ उनले भने ।