५ कार्तिक २०८३, बिहिबार

मोटरसाइकल चढ्दा महिलाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २६ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ सडकखण्डमा शुक्रबार राति मोटरसाइकलबाट लडेर एक महिलाको ज्यान गएको छ ।

जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ज६प ७१०७ नम्बरको मोटरसाइकलमा पछाडि सवार जनकपुर उपमहानगरपालिका–८ का रामकुमार सिंहकी ४५ वर्षीया श्रीमती मालती देवीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलबाट लडेर सिकिस्त भएकी उनलाई तत्काल उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । रासस