५ कार्तिक २०८३, बिहिबार

आजको भूकम्पपछि लाङटाङमा हिमपहिरो निरन्तर खस्दै, उद्धार कार्य प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

langtang_valley_nepalधुन्चे(रसुवा), २६ वैशाख । लाङटाङ गाविसमा थप हिमपहिरा आएकाले यही वैशाख १२ गतेदेखि त्यहाँ सञ्चालित उद्धारका काम रोकिएको छ ।

नेपाली सेनाको खोज उद्धार टोलीले नौ विदेशीसहित ९० जनाको शव उत्खनन गरिसकेका अवस्थामा लाङटाङ हिमालमा हिमपहिरो गएकाले उद्धारको काम रोकिएको जिल्ला दैवीप्रकोप विपद् व्यवस्थापन समितिका सदस्यसचिव स्थाविअ गजेन्द्रकुमार ठाकुरले बताउनुभयो । लाङटाङ पुग्नुभएका नेपाली सेनाका प्रमुख सेनानी अनुपजङ्ग थापाका अनुसार हिउँको पहिरो ठूलो परिमाणमा झरिरहेकाले हराइरहेको मानिसको खोज्ने काम रोकिएको हो ।

पहिरो क्षेत्रमा १६० घर पुरिएको तथा करिब १८३ बासिन्दा, २० मजदुर, ८० पर्यटक र ४० पथप्रदर्शक हराएको अनुमान गरिएको स्थानीय बासिन्दा ङेरुप तामाङले बताउनुभयो ।नेपाली सेनाका १०सैनिक पनि सोही क्षेत्रमा हराइरहेको जनाइएको छ । आज विहान ३ बजेर ८ मिनेटमा रसुवालाई केन्द्रविन्दु बनाएर ४ं.१ रिक्टर स्केलको भूकम्प गएको थियो । रासस