३० आश्विन २०८३, शुक्रबार

पक्की पुलको विस्तृत अध्ययन गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karnali-bridge
फाइल तस्वीर

काठमाडौँ, २६ वैशाख । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट सवारी साधन चल्ने पक्की पुलमा भएको क्षतिबारे सडक विभागले विस्तृत अध्ययन गर्ने भएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकबाट १०० किमी व्यासार्धभित्र ४०० विशेषज्ञसहितको चार समूहले अध्ययन गरी पुल उपयुक्त भए नभएको प्रतिवेदन दिने छन् । स्थलगतरुपमा पुलको अध्ययन गर्दा एक समूहले विभागमा बसी डिजाइन गरी कुनै समस्या भएमा छिटो मर्मत एवम् निर्माण गर्ने गरी योजना बनाइएको पुल विभागका महाशाखा प्रमुख सरोज प्रधानले बताउनुभयो ।

महाशाखाले यसअघि सडक डिभिजन कार्यालयलाई परिचालन गरी पुलको सतही अध्ययन गर्दा ठूलो समस्या नदेखिएकाले कुनै पुलमा सवारी साधन निषेध गर्नुपर्ने अवस्था नरहेको विभागले जनाएको छ । नेपाल राज्यभर सवारी साधन सञ्चालन हुने दुई हजार पक्की पुल रहेको जनाइएको छ । रासस