१५ कार्तिक २०८३, आइतबार

भूकम्पबाट सात हजार ९१२ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dead bodies of small childrens were recoveredकाठमाडौँ, २६ वैशाख । यही वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’बाट सात हजार ९१२ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले आज बिहान ९ः५० बजे उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १७ हजार ८७१ पुगेको छ । यस अवधिमा १० हजार ८०३ सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति भएका छन् भने १५ हजार ३४ घर तथा भवन आंशिक क्षति भएका छन् ।

सर्वसाधारणका दुई लाख ९७ हजार २६६ घर पूर्ण रुपमा क्षति भएका छन् भने दुई लाख ७७ हजार ५० घर आंशिक क्षति भएको जनाइएको छ । जनगणना २०६८ का अनुसार नेपालका ५४ लाख ७७ हजार २२४ घरधुरीमध्ये १०.९६ प्रतिशत घरमा क्षति भएका छन् । रासस