बेनी (म्याग्दी), २६ वैशाख । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लामा पहिलो पटक आधुनिक पोलिग्राफ परीक्षण विधिबाट अपराध अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धान समाप्त भई नसकेका र विभिन्न जघन्य अपराधका आरोपितलाई अनुसन्धानका क्रममा सोधिएका प्रश्न सही वा गलत उत्तर दियो भने विद्युतीय माध्यमबाट पत्ता लगाउने पोलिग्राफ परीक्षण विधिबाट शुक्रबार दुई जनाको अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक हीराबहादुर गिरीले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया