धुन्चे (रसुवा), २६ वैशाख । सोलुखुम्बुका छेटु शेर्पा लाङटाङमा हराइरहेका आफन्त खोजीमा मंगलबार रसुवा, धुन्चे आइपुगे। रोल्पा, दाङ, सल्यान, कपिलवस्तु, धादिङलगायत जिल्लाबाट उनीजस्ता कैयौं सदरमुकाममा थुप्रिएका छन् तर उनीहरूका आफन्तको अवस्था कस्तो छ, कुनै पत्तो छैन।सास या लास खोजिदिनुपर्योत भन्दा प्रशासनका अधिकारी भन्छन्, ‘पहिरोले जताततै बाटो पुरिएको छ, कहाँ, कति पुरिएका छन्, कति कार्यरत थिए, भन्न सकिने अवस्थै छैन।’‘दाइ भेटिन्छन् कि भनेर रसुवा आएको,’ शेर्पाले नागरिकसँग भने, ‘सास नभेटिए पनि लास भेटिए हुन्थ्यो।’
उनीसँगै गाउँका ४ जना रसुवा आए पनि दुई दिनसम्म आफन्तबारे खबर पाउन सकेका छैनन्।
शक्तिशाली भूकम्पको चौधांै दिन बिहीबार पहिरोले बाटो पुरिएर अलपत्र पाँच व्यक्तिलाई उद्योगीको हेलिकप्टरबाट उद्धार गरिएको छ। महाभूकम्पले चीनसँगको प्रमुख व्यापारिक मार्ग स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको बाटो पुरिएको छ। रसुवागढी नाका खुलाउन बुधबार रसुवा आएका गृहसचिव सूर्य सिलवालले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग बाटो खुलाउन आग्रह गरिने जानकारी दिए। चीनले आफ्नो क्षेत्र केरुङ हुआन प्रान्तबाट बाटो खुलाउने कार्य सुरु गरेको छ।
‘दुई दिनभित्र सिमानासम्म खुलाइसक्ने गरी काम थालिएको बुझिएको छ,’ प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले भने। निर्माणाधीन जलविद्युत आयोजनाका लागि खनिएको मैलुङ क्षेत्रका सडक खुलाउन भने कम्तीमा ६ महिना लाग्ने सुरक्षा अधिकारी बताउँछन्।
‘बसभन्दा पनि ठूला ढुंगा आएर बाटोमा थुप्रिएका छन्,’ नेपाली सेना, नारायणदल गणका गणपति लक्ष्मण थापाले भने, ‘खुलाउन समस्या छ।’
महाभूकम्प गएको १४ दिनसम्म पनि रसुवामा कति जनाको हताहती भयो र कति जना बेपत्ता छन् भन्नेमा प्रशासन अन्योलमै छ, न खोजी कार्यमा तदारुकता देखाउन सकेको छ। उद्धारका लागि हेलिकप्टर व्यवस्था गर्न नसक्दा सीमा क्षेत्र टिमुरेमा बेपत्ताको खोजी हुन सकेको छैन। त्यसका लागि चीनसँग आग्रह गरिसकिएको प्रशासनको भनाइ छ।
भूकम्पपछिको हिमपहिरोले लाङटाङमा मात्र १ सय ८६ जना स्थानीय बेपत्ता भएको प्रहरी र प्रशासनले सूची तयार पारेका छन्। विदेशी २ सय ६० जना र गाइड तथा अन्य कामदार १ सयभन्दा बढी रहेको अनुमान भए पनि अहिलेसम्म ९० वटा मात्र शव निकालिएको छ।
‘जिल्लामा यति नै संख्यामा परे भन्न सक्ने स्थिति छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले भने, ‘घाइतेको उद्धार गरिए पनि पुरिएका र हराइरहेकाहरूको खोजी हुन नसक्दा अन्योलसँगै महामारी प्रकोप हुने खतरा बढेको छ।
रसुवाको मैलुङ क्षेत्रमा शव यत्रतत्र भेटिए पनि त्यसलाई निकाल्न सक्ने अवस्थासमेत नभएको प्रहरी कार्यालयले जनायो। विदेशी नागरिकसमेत परेको लाङटाङ क्षेत्रमा सुरक्षाकर्मी भग्नावशेषको उत्खननमा व्यस्त छन्। सरकारी कर्मचारीसमेत परेको रसुवागढी र जलविद्युत आयोजना स्थल निर्माण गर्न बाटो खन्न गएका मजदुरको खोजी कार्य प्रभावकारी बन्न नसकेको पीडितको परिवारको गुनासो छ।
रसुवाको हाकुमा निर्माणाधीन माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत ३६ कामदारका आफन्त आयोजनास्थलमा बेपत्ताको स्थिति बुझ्न बसेका छन्। त्यहाँ कति बेपत्ता छन्, प्रशासनलाई नै थाहा छैन।
आयोजनाका सडक खन्दा गरिएको ब्लास्टिङकै कारण बाटोभरि पहिरो नै पहिरो छ। घटना भएको ठाउँमा उद्धारकर्तासमेत जान नसकेको डिएसपी पोखरेलले जानकारी दिए।
नेपाल र चीन जोड्ने सम्पर्कसूत्र रसुवागढी नाका पुग्ने बाटो पूरै क्षतविक्षत छ। ‘पहिरोले पूरै सडक पुरिएको छ, जाने सक्ने स्थिति छैन,’ उनले भने, ‘५ वटाभन्दा बढी कन्टेनर पुरिएका छन्, कति संख्यामा मान्छे परे, थाहा हुन सकेको छैन।’
कतै शव झिकिए पनि चिन्न सक्ने अवस्थामा नरहेको उनले बताए। रसुवागढीमा कति परे भन्ने पनि अहिलेसम्म यकिन हुन सकेको छैन। सडक मार्ग पूरै पुरिएकाले खोजी कार्यका लागि जानेहरू पनि ज्यान हत्केलामा राखेर जानुपर्ने अवस्था छ।
हालसम्म पुरिएको गाउँ लाङटाङबाट मात्र ९० जनाको शव उत्खनन भइसकेको सहायक प्रजिअ रिमालले बताए। उनका अनुसार त्यहाँ कार्यरत २१ जना कर्मचारीमध्ये १० जनाभन्दा बढी नेपाली सेना हराइरहेका छन्।
लाङटाङबाट मात्र ३ सय पर्यटकको उद्धार गरिएको प्रशासनको भनाइ छ। आफन्तको अवस्था बुझ्न दिनहुँ आउनेहरू प्रशासन नै अनभिज्ञ देखेर निराश बन्दै फर्कने गरेका छन्।
हाकु–८ को मैलुङ क्षेत्रमा १ प्रहरीसहित ३७ कामदार हराइरहेको पत्ता लागेको छ तर त्यहाँ कति कामदार कार्यरत थिए भन्ने प्रशासनलाई नै थाहा छैन। ‘ठेकेदारको सम्पर्कमा आउनेहरूबाट हराइरहेका केही कामदारबारे थाहा भयो,’ सहायक प्रजिअ रिमालले भने, ‘उनीहरूले हालसम्म ३६ जनाको नाम दिएका छन्, कति जना काम गर्छन् भन्ने जानकारी पाइएको छैन।’
खोजी कार्य जारी रहेको उनले बताए। त्यहाँ हराएकामा रोल्पा, दाङ, सल्यान, कपिलवस्तु र धादिङलगायत जिल्लाका परेको बताइएको छ। विकट ठाउँमा पैदलमार्गबाट जान नसकिने भएकाले उद्धारमा समस्या छ। ‘कम्तीमा एउटा हेलिकप्टर भए पनि उद्धारका लागि सजिलो हुने थियो,’ सुरक्षास्रोतले भन्यो, ‘विकटमा बिरामी भए अलपत्र परेको खबर आइरहन्छ तर जान सक्ने स्थिति छैन।’
शुक्रबार मात्र हाकुको गोगने र तिरुमा अलपत्र परेका ५ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। चार दिनदेखि अलपत्र परेका ४ वृद्ध र एक बिरामीलाई संयोगवश नेपाल उद्योग वाणिज्य संघको चार्टर हेलिकप्टरबाट उद्धार गरिएको हो।
स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुरले विकटमा खाद्यान्न पुर्या्उन सक्ने अवस्था नरहेको बताए। ‘हेलिकप्टरबाट पठाइएको दुई/चार बोरा चामल छाडेर आउनुपर्ने बाध्यता छ,’ उनले भने। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया