काभ्रे, २६ वैशाख । काभ्रेको पलाञ्चोक भगवती मन्दिरछेउको साठीघर टोल भूकम्पले माटाको थुप्रो बन्न पुगेको छ । सुन्दर बस्ती साठीघरका करिब ७० घरमध्ये एउटा पनि ठाडो छैनन् । स्थानीय मनोज खड्काको मात्र पाँच घर ढले । घर ढले पनि उनको मन ढलेको छैन ।
पाँचवटा घर गुमाए पनि उनले पूरै गाउँलाई ओत दिएका छन् । फर्निचरसम्बन्धी काम गर्ने खड्काको गाउँमा झन्डै डेढ सय सर्वसाधारण ओत दिँदै आएका छन् । फर्निचर गोदाम र बारीमा टहरा बनाएर उनले गाउँका सबैलाई एकै ठाउँमा राखेका छन् ।
‘गाउँ र बेसीमा गरेर मेरा मात्र पाँचवटा घर ढले,’ भत्किएको घरको भग्नावशेषमा भेटिएका उनले भने,‘सबै गाउँले मेरै टहरामा आएर बसेका छन् । उनको टहरो भूकम्पपीडित गाउँलेलाई महलजस्तै प्यारो भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।















प्रतिक्रिया