२ कार्तिक २०८३, सोमबार

काठमाडौंमा धमाधम पुराना घर भत्काइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-horizenकाठमाडौं, २६ वैशाख । सरकारले जोखिमयुक्त सरकारी र सर्वसाधारणको घर भत्काउन तथा व्यवस्थापन गर्न प्राविधिकको उच्चस्तरीय टोली गठन गरेको छ । सहरी विकास मन्त्रालयका प्राविधिक सहसचिव शिवहरि शर्माको संयोजकत्वमा गठित टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीका प्राविधिक अधिकारी छन् ।

भूकम्पमा क्षति भएका तथा जोखिमयुक्त घर भत्काउने कार्य तत्काल थालिने टोलीका संयोजक सहसचिव शर्माले बताए । काठमाडौंलगायत भूकम्प प्रभावित जिल्लामा क्षति भएका घरमा भग्नावशेष छरपस्ट छन् । हजारौं घर जोखिमयुक्त अवस्थामा रहेको  छ ।
जुनसुकै बेला ढल्न सक्ने जोखिमयुक्त घरले नजिकैका राम्रा घरलाई पनि क्षति पुर्‍याउन सक्ने भएकाले छिटो भत्काएर भग्नावशेष हटाउन टोली गठन गरिएको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।