२ कार्तिक २०८३, सोमबार

शिक्षण अस्पतालले पनि उपचार शुल्क लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Emergency Service Building, TUTH, Maharajgunjकाठमाडौ, २६ वैशाख । भूकम्पको असरले सात महिनामै जन्मिएकी एक शिशुलाई निःशुल्क उपचार गर्न महाराजगञ्जस्थित शिक्षण अस्पतालले अस्वीकार गरेको छ ।

पीडितले जिल्ला प्रशासन कार्यालय, गाविस र बच्चा जन्मिएको अस्पतालको सिफारिस पेश गर्दा पनि शिक्षण अस्पतालले निःशुल्क नगरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

खिम्ती १ रामेछापकी मनीषा कार्की (वन) १२ वैशाखमा आएको भूकम्पपछि घरको माथिल्लो तलाबाट र्झन खोज्दा लडेकी थिइन् । सात महिनाकी गर्भवती उनलाई त्यही बेलादेखि ब्याथाले च्यापेको थियो । १६ वैशाखमा तामाकोशी सहकारी अस्पताल मन्थलीमा उनले अस्वस्थ बच्चा जन्माएकी थिइन् ।

‘त्यहाँबाट भूकम्पको असरले सात महिनामै जन्मिएको र अस्वस्थ भनेर एउटा कागजमा लेखेर टिचिङमा पठाइयो,’ कार्कीकी आमा गोपिनीले भनिन्, ‘यहाँ ल्याएपछि भर्ना गर्न मानेनन् । भूकम्प पीडित हो भन्ने प्रमाण के छ भने । तामाकोसीले लेटरप्याडमा नभएर खाली कागजमा लेखिदिएछ ।’

पीडितले अनुनयविनय गरेपछि शिक्षण अस्पताल अस्वस्थ बच्चालाई आईसीयूमा भर्ना गर्न तयार भए पनि निःशुल्क गर्न मानेन ।