५ कार्तिक २०८३, बिहिबार

भारतीय गाडीको ठक्करबाट साइकल यात्रुको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोलबजार (सिरहा), २५ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज एक भारतीय गाडी(स्कारपियो)को ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका–११ का अन्दाजी २९ वर्षीय लालबाबु लहेरी रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बिआर ३२ के ६०५४ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट लहेरी गम्भीर घाइते भएका थिए ।

घाइते लहेरीलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो । ठक्कर दिने स्कारपिओ र चालकलाई नियन्त्रणमा लिएको उहाँले भन्नुभयो । रासस