५ कार्तिक २०८३, बिहिबार

दुई नाले भरुवा बन्दुकसहित चार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baruwa-bandhukसुरुङ्गा (झापा), २५ वैशाख । झापाको कनकाई नगरपालिका–२ बाट प्रहरीले आज दुई नाल भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–२ निवासी ३१ वर्षीय नरबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय गोपाल गुरुङ, २० वर्षीय शङ्कर गुरुङ र २९ वर्षीया कुमारी गुरुङ रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राति २ बजे फाइरिङको आवाज आएपछि प्रहरीनायब निरीक्षक नवीन घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको टोलीले स्थानीय गैँडे सामुदायिक वनबाट सखुवाको काठ चोर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । प्रहरीले उनीहरुको साथबाट दुई नाल भरुवा बन्दुक र त्यसमा लाग्ने छर्रासहित ठूलो परिमाणको काठ बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीनायब उपरीक्षक सञ्जयवहादुर राउतले जानकारी दिनुभयो । रासस