५ कार्तिक २०८३, बिहिबार

घामताप्ने मोहले बचायो गोरखाकी एकसय एक वर्षीया वृद्धालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

l;Gw'kfNrf]s 3f]/ynLsL dxfnIdL u'?ª lj;+= @)() ;fnsf] e"sDksf] af/]df :yfgLonfO{ cfkmgf] cg'ej ;'gfpFb} . tl:a/ M /d]z nD;fn, /f;;
फाइल तस्वीर

मकैसिङ (गोरखा), २५ वैशाख । घरभित्र चिसो महसुस भएपछि घाम ताप्न बाहिर निस्किँदा गोरखाकी १०१ बर्षीया वृद्धा भूकम्पबाट बाँच्न सफल हुनुभएको छ ।

मुटुको समस्याले धेरैजसो घरभित्रै बस्ने मकैसिङ गाविस–९ निवासी १०१ वर्षीया सन्तमाया गुरुङलाई त्यो दिन घाम ताप्ने इच्छाले बचायो ।

गोरखा बारपाक गाविसलाई केन्द्रबिन्दु बनाएर यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पका दिन सन्तमाया खाना खाएर घाम ताप्न पिँढीमा बस्नुभएको थियो । त्यसैबेला भूकम्प आएको थाहा पाएपछि कान नसुन्ने सन्तमायालाई नाती किरण गुरुङले बोकेर सुरक्षित स्थानतर्फ लैजानुभयो । ९० सालको भूकम्प जाँदा त थाहा पाएकी थिएँ, यसपालिको भूकम्प जाँदा कानले नसुन्ने भएर होला त्यति चाल पाइनँ, उहाँले भन्नुभयो–“९० सालको भूकम्पमा म काठमाडौँको डल्लुमा कोठा भाडामा बस्थेँ, मेरो बुढा रणबहादुर गुरुङ सुवेदार हुनुहुन्थ्यो, उहाँले भुइँचालो आयो भनेर मलाई बचाउनुभएको थियो ।”

छ वर्षदेखि श्रीमान्को पेन्सन थाप्दै आउनुभएकी सन्तमायाका ७८ वर्षीय छोरा दुर्गाबहादुर गुरुङले आमालाई अहिलेसम्म कुनै रोग नदेखिएपनि पछिल्लो समयमा सामान्य मुटुको रोग देखा परेको बताउनुभयो । सन्तमायाका दुईवटा घर बस्न नमिल्ने गरी भत्किएका छन् ।

सोही गाविस–९ की ९८ वर्षीया काली गुरुङ पनि घाम ताप्न आँगनमा बस्दा बाँच्न सफल हुनुभयो । त्यसैगरी, भूकम्पको समयमा घरभित्रै रहेका मकैसिङ–९ कै ८२ वर्षीया इन्द्रबहादुर गुरुङ भने भूकम्प आएको थाहा पाएपछि भाग्न सफल हुनुभयो । जम्मा ६१६ घरधुरी रहेको मकैसिङ गाविसका ९० प्रतिशत पुराना घर बस्न नमिल्ने गरी ध्वस्त भएका छन् । त्यसैगरी, पाँच प्रतिशत नयाँ घर पनि बस्न नमिल्ने गरी चर्किएका छन् । मकैसिङमा मानवीय क्षति भने भएको छैन । करिब दर्जन घाइते भएको स्थानीयवासी चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

मगर, चेपाङ, ब्राह्मणलगायतको बसोबास रहेको मकैसिङ गाविसमा गुरुङ समुदायको बसोबास रहेको छ । स्थानीय भूकम्पपीडित रामचन्द्र अधिकारीले राहत मात्र भन्दा पनि दीर्घकालीन बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । मकैसिङमा भत्किएका घरहरू व्यवस्थित गर्ने काम अहिलेसम्म सुरु भएको छैन । मकैसिङसँगै जोडिएका गाविसहरू ताङलुङ, घैरुङलगायतका गाविसमा समेत घरहरू प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन । रासस