१४ कार्तिक २०८३, शनिबार

घर भत्केका भूकम्प पीडितलाई २ लाख दिने मन्त्रिपरिषद्को निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singha-Durbarकाठमाडौं, २५ वैशाख । गत वैशाख १२ गते आएको विनाशकारी महाभूकम्प पीडितलाई सरकारले दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको आजको मन्त्रिपरिषद्को बैठकले घर भत्किएका भूकम्प पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पीडितलाई दुई लाख रुपैयाँ राहत दिने प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्ताव बहुमतबाट पारित भएको हो ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार भूकम्पबाट देशभरी २ लाख ८९ हजार ९ सय ५५ घर पूर्ण क्षति भएका छन् । त्यस्तै, २ लाख ५१ हजार ८ सय ७२ घरमा आशिंक क्षति भएको छ ।