काठमाण्डौ, २५ वैशाख । विनाशकारी महाभुकम्प पीडितहरुको सहयोगार्थ राप्रपा नेपालको प्रवासी नेपाली एकता समाज वोस्टनबाट संकलित ४ लाख ४० हजार रकम पार्टीका अध्यक्ष कमल थापालाई आज हस्तान्तरण गरिएको छ ।
एकता समाज वोस्टनका अध्यक्ष राजेन्द्र शेरचन र कार्य समितिका पदाधिकारी सदस्यहरुको पहलमा संकलन गरिएको रकम आज पार्टीका केन्द्रीय सदस्य रविन चाम्लिङ्ग राईले पार्टी अध्यक्ष कमल थापालाई हस्तान्तरण गरे ।
सो अवसरमा पार्टीका उपाध्यक्ष टंक ढकाल, महामन्त्री चन्द्रबहादुर गुरुङ्ग, सहायक महामन्त्री प्रा.डा.गीताभक्त जोशी, सभाषद् गणेश थापा, केन्द्रीय सदस्य राजाराम बर्तौला, प्रवासी संगठन समन्वय विभागका प्रमुख श्याम केसी, प्रवासी नेपाली एकता समाज न्यूयोर्कका अध्यक्ष विदुर विष्ट लगायत उपस्थित हुनुहुन्थ्यो ।
महाविनाशकारी भुकम्प गएपछि राप्रपा नेपालले उद्धार, राहतसँगै रक्तदान, श्रमदान लगायतका काममा प्राथमिकतापूर्वक सक्रिय भईरहेको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।















प्रतिक्रिया