५ कार्तिक २०८३, बिहिबार

भूकम्पपछि आएको पहिरोले १० जना सैनिक पुरिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

langtang_valley_nepalकाठमाडौं, २५ वैशाख । नेपालमा आएको महाभूकम्पमा नेपाली सेनाका १० जना सैनिक वेपत्ता भएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार रसुवाको लाङटाङ हिमाली क्षेत्रमा उद्दारमा खटिएका सैनिक जवान भूकम्पपछि आएको पहिरोले पुरिएका हुन् ।

महाभूकम्पपछि उद्दारका लागि त्यसतर्फ गएका उनीहरुको त्यसपछि आएको भूकम्पले पहिरो खस्दा पुरिएको नेपाली सेनाले जनाएको छ । रसुवाको नारायण दल गणका अनुसार लाङ्टाङ गाविसमा पहिरोले पुरिएका १० जना नेपाली सेनाको अहिले पनि खोजी कार्य भइरहेको छ ।

यत्तिका समयसम्म पहिरोमा पुरिएपछि उनीहरुको बाँच्ने सम्भावना नरहेको बताइएको छ । यस्तै, शुक्रबार मैलुङ इलाका क्षेत्रमा हराइरहेका एक सैनिकको शव फेला परेको छ ।

नारायण दल गणका अनुसार माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सडक निर्माण गर्ने क्रममा ल्याइएको विस्फोटक पदार्थको सुरक्षामा तैनाथ कञ्चनपुर घर भएका सिपाही केशव विष्टको शव फेला परेको हो । उनीसँगै खटिएका अन्य सैनिकहरुको अहिलेसम्म कुनै अत्तोपत्तो छैन् ।